विष्फोट न्युज 

धरान,५ जेष्ठः प्राइम भिजन इन्टरनेशनल कलेजका विद्यार्थीद्वारा राष्ट्रिय स्तरको प्रतिष्ठित पाककला प्रतियोगिता ‘दोस्रो नेशनल कुलिनरी च्यालेन्ज २०२६’ मा उत्कृष्ट प्रस्तुति दिँदै धरानको नाम राष्ट्रिय मञ्चमा उजागर गरिएको छ।

अन्तर्राष्ट्रिय नेप्लीज चिप सोसाइटीद्वारा आयोजित उक्त प्रतियोगितामा धरानबाट सहभागी हुने एकमात्र टोली प्राइम भिजन इन्टरनेशनल कलेज का विद्यार्थीहरू रहेका थिए।

प्रतियोगिताका क्रममा विद्यार्थीहरूले प्रस्तुत गरेको पाककला सीप, सिर्जनात्मकता तथा व्यावसायिक प्रस्तुतीले अन्तर्राष्ट्रिय निर्णायक मण्डललाई अत्यन्त प्रभावित बनाएको थियो। उत्कृष्ट प्रदर्शनपछि अन्तर्राष्ट्रिय जज तथा उपस्थित शेफहरूले स्ट्यान्डिङ ओभेसन दिँदै सम्मान प्रकट गरेका थिए।

कार्यक्रमको मुख्य आकर्षण बनेको थियो कलेजका सेफ कबिन राई र सेफ सबिन थापा मगरद्वारा तयार गरिएको विशेष फल नक्काशी (फ्रुट कार्भिङ, कला उनीहरूले तरबूजामा गाड्रन सामसे गाडन रामसे, गोविन्द नरसिंह केसी र सइकुमार शमाको आकर्षक पोर्ट्रेट कुँदेर प्रस्तुत गरेका थिए।

उक्त कलात्मक प्रस्तुति कार्यक्रमभरि नै सबैको ध्यानको केन्द्र बनेको थियो। विभिन्न देशका शेफ, निर्णायक तथा अतिथिहरूले प्राइम भिजनका विद्यार्थीहरूको सिर्जनशीलता, मेहनत र कलात्मक प्रतिभाको खुलेर प्रशंसा गरेका थिए। धेरैले यस्तो स्तरको फ्रुट कार्भिङ कला नेपालमा दुर्लभ रहेको प्रतिक्रिया दिएका थिए।

कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिषेक श्रेष्ठले विद्यार्थीहरूको सफलताले धरानको शैक्षिक तथा आतिथ्य क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाएको बताए। उनले भने–“हाम्रा विद्यार्थीहरूले देखाएको प्रतिभा, अनुशासन र सिर्जनशीलताले हामी अत्यन्त गौरवान्वित भएका छौं। प्राइम भिजन इन्टरनेशनल कलेजले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक तथा अन्तर्राष्ट्रिय स्तरको सीप विकासमा निरन्तर जोड दिँदै आएको छ। आगामी दिनमा पनि विद्यार्थीहरूलाई विश्वस्तरीय अवसर र प्लेटफर्म उपलब्ध गराउने हाम्रो प्रतिबद्धता रहनेछ।”

प्राइम भिजन इन्टरनेशनल कलेजले फेरि एकपटक आतिथ्य तथा पाककलाको क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धरानको गौरव बढाएको छ।