छाल खवर
धरान,२७ जेष्ठः नोबेल एकेडेमी, धरान–११ मा शैक्षिक सत्र २०८३ का लागि विद्यालय तथा हाउसमा निर्वाचित पदाधिकारीको शपथ ग्रहण सम्पन्न भएको छ ।
केही दिन अघि निर्वाचित पदाधिकारी तथा विभिन्न हाउसका निर्वाचित पदाधिकारीहरुको वुधवार शपथ ग्रहण भएको हो ।
स्कुल क्याप्टेनमा रेजन कटुवाल तथा भाइस क्याप्टेनमा अल्सन राई चयन भएका छन्।
त्यसैगरी विभिन्न हाउसका पदाधिकारीहरू चयन भएका छन् । रेड हाउस क्याप्टेनमा कश्यप राई भाइस क्याप्टेनमा रुबेल मगर निर्वाचित भएकाछन् भने ग्रीन हाउस क्याप्टेनमा प्रतिश बिक,भाइस क्याप्टेनमा निमेश लिम्बु निर्वाचित वनेकाछन् ।
त्यसैगरी ब्लु हाउसमा क्याप्टेन सुप्रिम जिमी,भाइस क्याप्टेनमा मिङ्मा तामाङ निर्वाचित भएकाछन् भने येलो हाउस
क्याप्टेनमा युमा राई भाइस क्याप्टेनमा रेनिशा राई निर्वाचित वनेकी छिन ।

यसैगरी विद्यालयको अनुशसान इन्चार्जमा कृतिका बिक चयन भएकी छन्।
विद्यालय व्यवस्थापनले नवचयनित विद्यार्थीलाई बधाई दिँदै जिम्मेवारीपूर्वक कार्य गर्दै विद्यालयको शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
विद्यार्थी नेतृत्व चयनले विद्यालयमा लोकतान्त्रिक अभ्यास, सहकार्य र नेतृत्व विकासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको स्कुलका प्रिन्सिपल रविन न्यौपानेले वताए ।
विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा अनुशासनको विकास गर्ने उद्देश्यले विद्यालयले विभिन्न पदमा विद्यार्थी प्रतिनिधि चयन गरेको हो।




















