– महेश श्रेष्ठ  नगरप्रमुखको उम्मेदवार, धरान उपमहानगरपालिका

सुकुमबासी व्यवस्थापन बगरमा होइन शहरमा।  यो केवल एउटा चुनावी नारा मात्र होइन, धरानलाई एउटा सभ्य, सुरक्षित र न्यायपूर्ण आधुनिक शहर बनाउने दृढ सङ्कल्प हो। वर्षौंदेखि धरानका खोला किनार र बगरहरूमा जीवन जोखिममा पारेर बसिरहेका हाम्रा नागरिकहरूलाई अब आश्वासन मात्र होइन, सम्मानजनक पहिचान र स्थायी समाधान चाहिएको छ।

धरानकाे वास्तिवक  चित्र हजाराैं परीवारकाे ओत लाग्ने सङ्घर्ष

धरानको विकास गाथासँगै यहाँको सुकुमबासी समस्या पनि जोडिएर आएको छ। तथ्याङ्क अनुसार धरान उपमहानगरपालिकामा हालसम्म ५,००० भन्दा बढी सुकुमबासी परिवारहरूलाई अस्थायी घर नम्बर वितरण गरिसकिएको छ। धरानका मुख्यगरी वडा नम्बर ८, ११, १३, १५, १७ र १९ लगायतका क्षेत्रहरू तथा सर्दु, सेउती, खहरे जस्ता खोला किनारका बगरहरूमा यी बस्तीहरू सघन रूपमा फैलिएका छन्।

समग्र धरानको कुल ४२,३९६ घरधुरीमध्ये एक ठुलो हिस्सा नागरिकहरू आज पनि आफ्नो नाममा जमिन नहुँदा असुरक्षित र अस्थाई आवासमा बस्न बाध्य छन्। यो तथ्याङ्कले के देखाउँछ भने सुकुमबासी समस्या धरानको एउटा कुनामा मात्र सिमित छैन, यो सिङ्गो उपमहानगरको साझा चुनौती र दायित्व हो।

सुकुमबासी हुनु रहर होइन, बाध्यता हो

कसैलाई पनि वर्षाको भेल र हिउँदको चिसोमा बगरको अस्थाई टहरोमा बस्ने रहर हुँदैन। राज्यको नीतिगत कमजोरी, गरिबी, प्राकृतिक विपत्ति र अवसरहरूको असमान वितरणका कारण नागरिकहरू सुकुमबासी बन्न बाध्य भएका हुन्। उनीहरू पनि यही धरानको विकासका संवाहक हुन्, श्रमशक्तिका खम्बा हुन्। त्यसैले सुकुमबासी समस्यालाई कानुनी वा सुरक्षाको नजरबाट मात्र होइन, मानवीय र सामाजिक न्यायको दृष्टिकोणबाट हेरिनुपर्छ। नागरिकलाई सुरक्षित आवास दिनु नगर सरकारको पहिलो दायित्व हो।

हाम्रो योजनास् किस्ताबन्दी आवास ऋण र व्यवस्थित शहर

हामी सुकुमबासी दाजुभाइ(दिदीबहिनीहरूलाई बगरको जोखिमपूर्ण जीवनबाट निकालेर शहरको सुरक्षित र व्यवस्थित ठाउँमा पुनर्स्थापित गर्नेछौँ। यसका लागि धरान उपमहानगरपालिकाले विशेष योजना अघि सार्नेछ ।

नगरद्वारा आवास निर्माण 

उपमहानगरपालिका आफैँले सुरक्षित, आधुनिक र सबै सुविधायुक्त सामूहिक आवास ९ज्यगकष्लन ब्उबचतmभलतकरऋययिलष्भक० निर्माण गर्नेछ।

सुलभ किस्ताबन्दी आवास ऋण 

यी घरहरू सुकुमबासी परिवारलाई हस्तान्तरण गरिनेछ। उनीहरूको आम्दानीको आधारमा तिर्न सक्ने गरी अत्यन्तै न्यून ब्याजदरमा दीर्घकालीन किस्ताबन्दी ऋणको व्यवस्था गरिनेछ। यसले उनीहरूलाई माग्ने होइन, आफ्नै मिहिनेतले घरको मालिक  बन्ने आत्मसम्मान दिनेछ।

बजेट र स्रोतको व्यवस्थापनस् योजना कसरी सफल हुन्छ ?

धेरैले सोध्ने गर्छन्–यो योजना सुन्न त राम्रो छ, तर बजेट कहाँबाट आउँछ ? हामीसँग यसको स्पष्ट, व्यावहारिक र वैज्ञानिक वित्तीय खाका  छ। नगर सरकारले कसैको सामु हात नफैलाई निम्न ४ वटा स्रोतहरूबाट बजेट व्यवस्थापन गर्नेछ ।

१. एकीकृत नगर कोष र वैदेशिक अनुदान

सङ्घीय र प्रदेश सरकारको सुकुमबासी तथा शहरी विकास बजेटलाई नगरको आन्तरिक स्रोतसँग एकीकृत गरिनेछ। अन्तर्राष्ट्रिय दातृ निकाय र लुमन्तीजस्ता आवास क्षेत्रमा काम गर्ने राष्ट्रियरअन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग सार्वजनिक–निजी साझेदारीमा कोष खडा गरिनेछ।

२. सुलभ आवास ऋण कोष 

नगर सरकारले बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गरी एउटा आवास कोष स्थापना गर्नेछ। जसबाट निर्माण सुरु गरिनेछ र नागरिकहरूले तिर्ने मासिक किस्ता सोही कोषमा जम्मा भई अर्को चरणको आवास निर्माणमा लगानी हुनेछ।

३. बगर भूमि पुनर्स्थापना र व्यापारिक उपयोग

सुकुमबासीहरूलाई बगरबाट शहरको सुरक्षित आवासमा सारेपछि खाली हुने खोला बगर किनारका भूभागलाई सुरक्षित तटबन्ध गरी ग्रिन पार्क, पर्यटन र व्यवसायिक क्षेत्रका रूपमा विकास गरिनेछ। यसबाट नगरलाई दीर्घकालीन आम्दानी हुनेछ, जसले यो परियोजनाको खर्च धान्नेछ।

४. सस्तो निर्माण प्रविधि 

परम्परागत महँगो निर्माण पद्धतिभन्दा आधुनिक प्रिकास्ट  वा ईको(फ्रेन्डली प्रविधिको प्रयोग गरेर न्यून लागतमा बलिया र सुरक्षित बहुतले सामूहिक आवासहरू बनाइनेछ।

आवास मात्र होइनस् रोजगार, स्वास्थ्य र शिक्षाको ग्यारेन्टी

भित्तो र छाना मात्रैले जीवन चल्दैन। साँचो व्यवस्थापन तब मात्र हुन्छ, जब परिवार आर्थिक र सामाजिक रूपमा सक्षम बन्छ। हाम्रो नेतृत्वको नगर सरकारले आवाससँगै तीनवटा मुख्य खम्बाहरूलाई एकीकृत रूपमा लैजानेछ ।

१. सहज र गुणस्तरीय शिक्षा

सुकुमबासी बस्तीका बालबालिकाहरूका लागि पायक पर्ने स्थानमा उत्कृष्ट सरकारी विद्यालय र छात्रवृत्तिको व्यवस्था गरिनेछ, ताकि गरिबीकै कारण कसैको भविष्य अन्धकार नहोस्।

२. निःशुल्क र भरपर्दो स्वास्थ्य

प्रत्येक परिवारलाई नगर स्वास्थ्य बीमामा आबद्ध गरिनेछ। टोल टोलमा आधारभूत स्वास्थ्य सेवा र औषधिको सहज पहुँच सुनिश्चित गरिनेछ।

३. रोजगार र सीप विकास

युवा तथा महिलाहरूलाई बजारको मागअनुसारको प्राविधिक तथा व्यावसायिक सीपमूलक तालिम दिइनेछ। नगरभित्रका उद्योग र विकास निर्माणमा उनीहरूलाई प्राथमिकताका साथ रोजगारीसँग जोडिनेछ।

अन्तर्राष्ट्रिय उदाहरणस् जहाँ इच्छा, त्यहाँ उपाय

संसारका धेरै देशहरूले सुकुमबासी समस्यालाई सफलतापूर्वक हल गरेका छन्। हामी ती सफल मोडेलहरूलाई धरानको माटो सुहाउँदो गरी लागू गर्नेछौँ  ।

थाइल्यान्डको बान मान्काङु  कार्यक्रम

थाइल्यान्डले सुकुमबासीहरूलाई सरकारी अनुदान र सस्तो ऋण दिएर उनीहरूकै सहभागितामा लाखौँ घरहरू शहरभित्रै निर्माण गरिदिएको छ। आज उनीहरू गर्वका साथ करदाता नागरिक बनेका छन्।

सिंगापुरको एचडीबी  मोडेल

सन् १९६० को दशकमा सिंगापुरमा पनि ठुलो सुकुमबासी समस्या थियो। त्यहाँको सरकारले योजनाबद्ध रूपमा सार्वजनिक आवास  बनाएर सस्तो किस्तामा नागरिकलाई दियो। आज सिंगापुरका ९०५ भन्दा बढी नागरिक आफ्नै व्यवस्थित घरमा बस्छन्।

नेपालकै मण्डिखाटार मोडेल

काठमाडौँको मण्डिखाटारमा सुकुमबासीहरू आफैँले सहकारी गठन गरी संस्थागत सहभागिता र बचत मार्फत आफ्नो जीवनस्तर, खानेपानी र आवास सुधार गरेका सफल उदाहरणहरू हाम्रै देशमा पनि छन्।

अन्त्यमा,

बगरमा टालटुल पारेर राखिएका त्रिपाल र जस्तापाताले धरानको कुरुपता मात्र होइन, हाम्रो राज्य संयन्त्रको लाचारी पनि देखाउँछन्। अब धरानलाई यो कलंकबाट मुक्त गर्नुपर्छ। सुकुमबासी व्यवस्थापन भनेको उनीहरूलाई शहरबाट लखेट्नु वा बगरमा अलपत्र छोड्नु होइन, उनीहरूलाई शहरकै मूलधारमा समेटेर सम्मानजनक जीवन दिनु हो।

बजेट र तथ्याङ्क दुवैको स्पष्ट हिसाबकिताब र दृढ राजनीतिक इच्छाशक्तिसहित हामी मैदानमा छौँ। आउनुहोस्, समृद्ध र समतामूलक धरान निर्माणको यो महाअभियानमा हातमा हात मिलाऔँ। परिवर्तन सम्भव छ, र यो हामी हाम्रै पालामा गरेर देखाउनेछौँ ।

सुरक्षित आवास, सम्मानित जीवन – हाम्रो धरान, हाम्रै पाला

लामाे समय पत्रकारीता गरेर अनुभव संहालेका श्रेष्ठ समाजका हरेक  विकृती र समाज परीवतर्तनका लागी सकृय रहेका छन ।