विष्फोट न्युज 

धरान,३ कार्तिक ः युवा साथी धरान–३ ले आयोजना गरेको दोस्रो गौधारा फेस्टिभ कप–२०८३ को उपाधि धरान–१४ स्थित विजयपुर फुटवल क्लवले हात पारेको छ ।

सोमवार साझ सम्पन्न अन्डर १४ को फाइनल खेलमा राईजिड. फुटवल क्लवलाई पराजित गरी विजयपुरले उपाधि हात पारेको हो ।

उपाधिसंगै विजयपुर फुटवल क्लवले ५० हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेको छ भने उपविजेता विजयपुर फुटवल क्लवले २० हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेको छ ।

GAUDHARA NEWS PHOTO = 2
प्रतियोगितामा विजयपुर फुटवल क्लवका युनिस मगर हाइस्कोर घोषित भएका थिए भने वेष्ट योड. गोलकिपर राईजिड.फुटवल क्लवका खेलाडी घोषित भएका थिए भने प्लेयर अफ द टुनामेन्ट विजयपुर फुटवलका खेलाडी घोषित वनेका थिए ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि युवा समाजसेवी राष्टिय स्वतन्त्र पार्टी धरान नगर सभापति सुमन श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

सानै उमेरमा बालबालिकाहरुलाई खेल क्षेत्रमा प्रोत्साहन गर्नको लागि अवसर दिनको लागि प्रतियोगिताको आयोजना गरीएको युवा साथी क्लवका अध्यक्ष सरल उदाशले वताए । यस्ता प्रतियोगिताहरुले खेल क्षेत्रमा लाग्नको लागि साना नानी बावुहरुलाई थप हौसल दिनुका साथै अवसरहरु पनि र्सिजना गर्ने उदाशको भनाई रहेको छ ।